एनआरएनए जापानको महासचिव पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२१-०२३ कार्यकालको लागि महासचिव पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए जापानको हालका प्रवक्ता श्रेष्ठले आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

वर्तमान कार्यसमितिमा प्रवक्ताको रुपमा काम गरेका श्रेष्ठले एनआरएनए भित्र बिभिन्न चरणमा आर्थिक अनियमितता भएको भनि आवाज उठाउनु भएको थियो । श्रेष्ठले उठाएको आवाजलाई आधार मानि एनआरएनए आइसिसीले छानबिन समिति गठन गरी छानबिन समितिले अनियमितता भएको प्रतिबेदन बुझाएको थियो ।

संस्थाभित्र पटक पटक आर्थिक अनियमितताका कुरा उठ्दा पनि जवाफदेहिता नबन्दा र एक पछि अर्को गर्दै प्रश्न मात्र तेर्सिई रहने उठेका प्रश्नलाई बेवास्ता गर्ने यि सबै कुराले आम नेपालीमा बिस्वास घट्दै जाने भन्ने कुरालाई के रहेछ हरेक प्रश्नको जवाफ दिनु पर्दछ र कमि कमजोरी सच्चाउदै बिकृती र बिसंगतीको अन्त्य हुन पर्दछ भन्दै श्रेष्ठले आँफू महासिचवमा आउन लागेको बताउनुभयो ।

संस्थालाई आँच आउने काम गरियो भन्ने पनि छ तर बिकृती,बिसंगती र खराब कुराहरू भत्काएको हो र अब यस्लाई राम्रो बनाएर लाने जिम्मा पनि हामीले नै लिनु पर्दछ यति सम्म पर्दाफास गरे पछि अब यतिकै बिचमा छोडेर जान हामीलाई नैतिकताले पनि नदिने भएको भएर फेरी पनि अभियानमा आउने निष्कर्ष निकाल्दै महासचिब पदमा उम्मेदवारी दिने घोषणा गरेको उल्लेख गर्नुभएको भयो ।

श्रेष्ठले संस्था गलत हुदै होईन संस्था कस्ता ब्यक्तीले चलाए भन्ने मुख्य बिषय हो भन्दै बिषय बस्तु अहिले आएर उठे पनि यि सबै काण्डहरू पहिला देखि कै भएको उल्लेख गर्नुभएको छ ।
आगामी दिनमा पनि संस्थालाई चुस्त,दुरुस्त, पारदर्शिता र जवाफदेहिता बनाएर अगाडी बढ्ने अडान कायम रहने प्रतिबद्धता सहित जापानबासी नेपालीमा साथ, समर्थन र सहयोगको लागि अनुरोध गर्नुभएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया