टोकियो । निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बनाउने मेरो प्रतिबद्दत्ता भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि ददिवल खड्काले अध्यक्षमा भिड्ने तयारी गर्नु भएको छ ।
एनआरएनए जापानको निर्वाचनको माहौल तातिरहेको बेला बिभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा सफल ब्यवसायी खड्काले पनि उम्मेद्वारी रहेको जनाउनु भएको छ ।
जापानमा करिब तीन दशक लामो बसाई गरि सामाजिक कार्यमा आफूलाई परिचित बनाइसक्नु भएका खड्काले अध्यक्ष पदमा आफ़नो उमेदवारी घोषणा गर्नुभएको हो ।
जापानमा रहेका नेपाली समुदायको अभिभावकीय भूमिका निर्वाह गर्नका लागि एनआरएनए जापानमा आफूले योगदान गर्न आवश्यकता महशुस गरि उमेदवारी घोषणा गरेको खड्काले बताउनुभयो ।
सामाजिक संजालमार्फ़त मंगलवार आफ़नो उमेद्दवारी प्रस्तुत गर्नुभएका खड्का एनआरएनएको आभियानमा हाल आईसीसी सदस्य रहनुभएको छ भने जापानमा सल्लाहकारको रुपमा रहेर कार्य गरिसक्नु भएको छ । त्यसै गरि खड्का मोना म्याग्दीको ज़िम्मेवार पदमा समेत रहेर समाजलाई योगदान पुर्याइसक्नु भएको छ । “लगनशील र मेहनती भएर कार्य गरेमा अवश्य पनि एकदिन सफलता हासिल हुन्छ।”
नेपाली समुदायमा आफुलाइ समाजसेवी र अपठ्यरोमा परेका स्वदेशमा होस कि परदेशमा होस सहयोगीको रुपमा परिचित गराइसक्नु भएका खड़काले एनआरएनए जापानको अध्यक्षमा भिड्ने निधो गरेका हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया