एनआरएनए जापानको अध्यक्ष पदमा अनिता गुरुङको उम्मेद्वारी घोषणा

जापान । गैरआवसीय नेपाली संघ एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लामाले २०२१-०२३ को कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिवद्दतासहित अनिता गुरुङले आइतबार टोकियोमा पत्रकार सम्मेलन गरि औपचारिक रूपमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेकी हुन ।
आफ़नो जापानको बसाईसँगसंगै एनआरएनएको अभियानमा सक्रियतापूर्वक कार्यसमितिका बिभिन्न पदमा रहेर कार्य गरिसकेकी गुरुङले सामाजिक सेवा गर्नका लागि आधा दर्जन भन्दा बढ़ी संघसंस्थाको ज़िम्मेवार कार्यकारी नेतृत्व पदमा रहेर कार्यसम्पादन गरेको जानकारी सो पत्रकार सम्मेलनमा जानकारी दिइन ।
२१ बुँदे आफ़नो प्रतिवद्दतासहित अध्यक्षको उम्मेदवारी घोषणा गरेकी उनले संस्थाको विधान अनुकुल नेपालीका लागि नेपाली भन्ने मुल नारालाई सार्थक बनाउने प्रतिवद्धता समेत व्यक्त गरेकी छन ।

यस्ता छन अनिता गुरुङको प्रतिबद्धता पत्र
प्रतिवद्धता-पत्र
“आजको नारी काँधमा जिम्मेवारी”
आदरणीय जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ,
नमस्कार,

म अनिता गुरुङ गैरआवासीय नेपाली संघ,जापानको वर्तमान कार्य समितिको बरिष्ठ उपाध्यक्षको रुपमा रहेको छु।साथै आगामी कार्यकालका ९२०२१(२०२३०लागि अध्यक्ष पदको उम्मेद्वारी यहाँहरु समक्ष प्रस्तुत गर्न गईरहेको छु।

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकहरुको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्याउने केन्द्रिय समितिको सोच संगै सन २००४ देखि यस राष्ट्रिय समन्वय परिषदको स्थापना भएर जापानमा बसोबास गर्नुहुने सम्पूर्ण नेपालीहरुका सुख(दुखको सारथी बन्दै आएको छ । संघको सक्रियता संगै मेरो जापान बसाईको शुरुवाती दिन देखि नै यस संघमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा निरन्तर क्रियाशील हुदै आएको छु । यस संघको २०११(२०१३ को कार्य समिति सदस्य, २०१३(२०१५ को महिला संयोजक, २०१७(२०१९ को महिला उपाध्यक्ष हुदै हाल ९२०१९(२०२१० को बरिष्ठ उपाध्यक्षका रुपमा आवद्ध छु ।

एनआरएनए,जापानलाई लोकप्रिय एवं उर्जाशील बनाउनका लागि मेरा केही प्रतिवद्धताहरु स्
१, संस्थाको विधान अनुकुल नेपालीका लागि नेपाली भन्ने मुल नारालाई सार्थक बनाउदै जापानवासी नेपालीहरुको हकहित र सेवामा सदैव डटेर लाग्न प्रतिवद्ध रहने,
२, नेपाल(जापान मैत्री सम्वन्ध थप सुद्धृढ गर्न कुटनीतिक तथा जनस्तरबाट पहल गर्ने,
३, व्यवसायी, श्रमिक,पेशागत तथा अन्य क्षेत्रमा आवद्ध हुनुभएकाहरुका लागि कानुनी,भाषागत एवं अन्य समस्याहरुमा सहयोग गर्दै विभिन्न रुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरहरुको खोजीका लागि पहल गर्ने,
४, नेपाली महिला दिदीवहिनीहरुको श्रम, सीप तथा भाषागत समस्या समाधानका लागि हेल्पडेक्स तयार गरि सहयोग पुर्याउने,
५,जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि अध्ययन तथा रोजगारीका साथै अन्य थुप्रै किसिमका अवसर तथा जानकारी हासिल गर्नका लागि अत्यावश्यक तथा समय अनुकुल हेल्पडेस्कहरु संचालन गरि सहयोग गर्ने,
६, दक्ष कामदार, कुक तथा अन्य पेसामा आवद्ध नेपाली दाजुभाई तथा दिदिबहिनीहरु तथा उहाँहरुका परिवारका आश्रित सदस्यहरुका सीप तथा दक्षता अभिविद्धि गर्न जापानको स्थानिय सरकारसंग समन्वय गरि सहयोग गर्ने,
७, नेपाली कामदारले भोग्नु परेको उचित पारिश्रमिक नपाउने समस्यालाई अध्ययन गरि उचित व्यबस्थापन गर्न पहल गर्ने,
८, समुदायमा स्वास्थ्य समस्या तथा अन्य सामाजिक समस्यामा जनचेतना अभिबृद्धि गरि जापानमा रहेका नेपाली तथा जापानी चिकित्सकहरु संगको सहकार्यमा आवस्यक सहयोग गर्ने,
९, कृयाशिल संघसस्थाहरु संगको सहकार्यमा मातृभूमिमा आइपर्ने हरेक वर्ग, क्षेत्र तथा समुदायको समस्याहरुमा साथ र सहयोगका लागि विभिन्न राहतकोष एवं अभियान संचालनका लागि छुट्टै समन्वय डेस्क तयार गर्ने,
१०, नेपालीहरुको ज्ञान, सीप र पूँजी संगै नेपालमा छिट्टै मुनाफा आर्जन गर्न सकिने कृषि तथा बैज्ञानिक प्रबिधि र अन्य उत्पादनमुलक क्षेत्रमा जापानी लगानीकर्ताहरुलाई समेत प्रोत्साहन गर्न हरेक क्षेत्रतहबाट अभियान चलाउने र सहजिकरण गर्ने,
११, नेपाली राजदूतावास संगको समन्वयमा नेपाली समुदाय तथा जापानी समुदायका बिचमा सांस्कृतिक एवं धार्मिक सद्भावका कार्यक्रमहरु गर्ने,
१२, नेपालको पर्यटन प्रवद्धनका लागि स्थानिय पर्यटकिय क्षेत्रका जानकारी मुलक सामग्रीहरु तयार गरि हरेक क्षेत्रबाट जापानी समुदायमा जानकारी पुर्याउनुका साथै जापानीहरुमा नेपाल र नेपालीहरुका विभिन्न विषयमा जानकारी दिने उदेश्यले ‘आरिगातोउ निहोन’ अभियान संचालन गर्ने।हरेक नेपालीले जापानी तथा अन्य समुदायका नागरिकमा ‘आरिगातोउ निहोन’भन्दै जापान सरकारले नेपाल र नेपालीका लागि गर्दै आएको साथ र सहयोगका लागि सदैव स्मरण गर्ने गरेको अनिभुति दिलाउने,
१३, दोश्रो पुस्ताका गैर(आवासीय नेपालीहरुमा नेपाल र नेपाली प्रतिको माया र समर्पण भावलाई जीवन्त राख्न सांस्कृतिक र भाषासाहित्य संग सम्बन्धित कार्यक्रमहरु गर्ने।साथै युवा वर्गहरुलाई अनेसास लगाएतका विभिन्न भाषिक,साहित्यिक र सामाजिक संघसंस्थाहरुसंग घुलमिल गराउने,
१४, विगतका कार्यसमितिहरुले संचालन गरेका महत्वपूर्ण तथा उपयोगी कार्यक्रमहरुलाई निरन्तरता दिदै सम्पन्नता तर्फ अघि बढाउने,
१५, एनआरएनए,जापान तथा यस अभियानको साख र गरिमालाई हरतरहले जोगाउनका लागि सांगठानिक कामलाई चुस्तदुरुस्त राख्ने,
१६, संस्थाको हरेक ३र३ महिनाको आम्दानी र खर्चको हिसाब पारदर्शी रुपमा संस्थाको वेबसाईट मार्फ़त सार्वजनिक गर्ने र बार्षिक हिसाब किताब स्पष्ट हुनेगरि अडिटको व्यबस्था गरि जापानको कानुन अनुसार अडिट गर्ने गराउने,
१७, आर्थिक महाशक्तिका रुपमा रहेको जापानमा नेपालको घरेलु उत्पादन र हस्तकला संग सम्बन्धित उत्पादनहरुलाई भित्र्याई नेपाल र नेपालीको व्यबसायिक प्रवर्धन र निर्यात क्षमतमा अभिवृद्धि गर्न सहयोग गर्ने,
१८, दुर्घटना,भबितब्य,बेपता र अलपत्रमा परेका नेपाली दाजुभाई एवं दिदीबहिनीहरु संग सम्बन्धित घटनाहरुमा संस्थाले विशुद्ध सेवाभाव राखेर पिडित पक्षलाई सहयोग र सहजिकरण गर्ने,
१९, जापानबासी नेपाली बालबालिका तथा जेष्ठ नागरिकहरुको जीवनयापनमा सहज हुने कार्यकमहरु गर्ने,जानकारीमूलक सूचनाहरु आदानप्रदान गर्नका निम्ति अन्य संघसंस्था एवं जापान सरकारका बिभिन्न निकायहरु सम्म सहजिकरण गर्ने,
२०,हरेक दुई-दुई वर्षमा नविकरण गर्नुपर्ने पंजीकृत सदस्यतालाई आगामी दिनमा सधै लिन सकिने गरि अनलाईन फारामको व्यवस्था गर्ने,
२१,आईसिसिबाट निर्देशित कार्यक्रमहरु र एन।सि।सि।ले तय गरेका कार्यक्रमहरूलाई थप सशक्त ढंगले लागु गर्न र गराउनका निमित्त क्षेत्रीय कार्यसमितिहरु मार्फ़त क्षेत्रीय कार्यसमिति हरूलाई समेत अपनत्व महशुस हुने गरि कार्यबिभाजन गर्ने र आवश्यकता अनुसार कार्यतालिकाहरु निर्माण गरि समय मै सम्पन्न गर्ने र गराउने,

यस संघको प्रत्यक्ष समन्वयमा भएको नेपाल फेष्टिवल सन २०१३’को उपसंयोजक हुदै ‘नेपाल फेष्टिवल सन २०१४’ बाट लगातार सांस्कृतिक तथा विभिन्न विभागमा महत्वपूर्ण जिम्मेवारीको भूमिका निर्वाह गर्दै,तमुधीँ जापान सन २०१७-०१९ को अध्यक्ष, सन २०१९-०२१ को संरक्षक,अनेसास,जापानको आजिवन सदस्य, पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको सल्लाहकार, नेपाल आदिवासी जनजाति महासंघ जापानको सल्लाहकार, मनाङ सोसाईटी जापानको सल्लाहकार लगायतका बिभिन्न संघसस्थाहरुमा मेरो आवद्धताका साथै जापान आऊनु अघि पनि क्षेत्रीय स्तरको खेलाडी, राष्ट्रिय खेलकुद परिषद९राखेप०मा वि। सं २०५१ बाट करिव १३ वर्षको संलग्नताबाट प्राप्त गरेका अनुभवहरुले पनि म अनिता ग़ुरुङको नेतृत्वमा यस संघलाई थप उपलब्धिमुलक र सम्पूर्ण जापानबासी नेपालीहरुको साझा संस्थाको रुपमा अघि बढाउन मदत गर्नेछ भन्ने पूर्ण विश्वास सहित फेरि एकपटक यहाँहरूको अमूल्य साथ र समर्थनका निम्ति हार्दिक हार्दिक अनुरोध गर्दछु।धन्यवाद

तपाइहरुको साथी,
अनिता गुरुङ
अध्यक्ष पदको उम्मेद्वार
एनआरएनए,जापान २०२१-०२३

फेसबुकबाट तपाइको प्रतिक्रिया