जापान । गैरआवासीय नेपालीहरुको साझा संस्था गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकालको लागि संजिबकुमार राईले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
वर्तमान उपाध्यक्ष राईले ८औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पदको लागी आफ्नो उम्मेद्वारी दर्ता गरेका छन । राईका अनुसार “यो कुनै पार्टी,पावर,पैसा,जाती,धर्म अनि भुगोलको निम्ती नभई विगत लामो समयदेखिको सामाजिक कार्य र मजदुरको सुखस् दुख अनि समस्याको अनुभव र २ बर्ष उपाध्यक्ष भएर संस्थालाई नजिकबाट नियालि सकेपछि प्राईभेट कम्पनि बनाउन खोज्नेहरुको लागि संस्थालाई संस्थागत गर्दै सत्य र पारदर्शी बनाउनु पर्छ भन्ने आवाज उठाउदा आँखाको तारो देख्नेहरुको र कोरियामा रहेको ८५% तपाई हामी श्रमजिबी मजदुरवर्गको प्रतीनिधिको रुपमा हो ।
एनआएएनए संस्था “आफ्नो पोल्टामा पार्न लाखौ चल्खेल गरिरहदा यो बुझ्न जरुरी छ,सबैले हिजोका दिनमा एनआएएनए कोरिया के हो, अनि यस्को गतिबिधी के? देखेका छन बुझेका छन । त्यसैले पक्कै पनि यो पटक सबैले स्वस्विवेक प्रयोग गर्नुहुनेछ,गर्नुहोला मेरो घोषणा पत्र समेत तयारी चरणमा रहेको बताए ।
एनआरएनए दक्षिण कोरिया वरिष्ठ उपाध्यक्ष उम्मेद्वार राई नेपालमा छदाँसमेत सामाजिक कार्य विद्यार्थीहरुको हकहितको लागि काम गरेका थिए ।
अस्कल क्याम्पस काठमाडौंबाट विज्ञान संकायमा मास्टरसम्म अध्ययन गरेका राई पढ़ाईमा सानोदेखी अव्वल थिए ।
आटिला र हाक्की स्वभावका राईलाई यतीबेला कोरियामा रहेको राजनीति संगठनहरु र सामाजिक संघ-संस्थाको समेत सपोर्ट रहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया