काठमाडौं । नेपालमा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ११ हजार ३१३ जनाको परीक्षण गर्दा २ हजार २३९ जनालाई संक्रमण पुष्टि भएको हो । तीमध्ये ४ हजार ६५६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो। योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ ।
त्यस्तै शुक्रबार थप २० जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या ९ हजार ३४० पुगेको छ। अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४ हजार ९९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।
त्यस्तै शुक्रबार १३१६ जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइनमा ३०५ जना छन् भने आइसोलेसनमा २६५९० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया