काठमाण्डौ । अनेरास्ववियुका केन्द्रीय सदस्य सागरहरी अधिकारीमाथी काठमाडौंमा अज्ञात समूहद्वारा सांघतिक आक्रमण भएको छ ।
शुक्रबार साँझ राजधानीको कोटेश्वर स्थित एक होटलमा खाजा खाइरहेको अवस्थामा अज्ञात दुई जना अज्ञात व्यक्तिले आक्रमाण गरेका हुन् ।
मन्थली नगरपालिका १२ गेलु घर भएका अधिकारी आफ्नै गाउँका साथीहरुसँग खाजा खाई रहेको बेला दुई जना अपरिचित व्यक्तिले बोतलले टाउको र अनुहारमा आक्रमण गरेर भागेको र उनको टाउकोमा गहिरो चोट लागेको अनेरास्ववियुका केन्द्रीय सदस्य नेत्र बुढाथोकीले बताए । उनका अनुसार अधिकारीको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमण गरेर फरार रहेका दुई जनाको महानगरीय प्रहरी वृत्त कोटेश्वरले खोजी गरीरहेको पनि बुढाथोकीले बताए ।
अज्ञात समूह आक्रमण गरेर भागेको भएपनि घटना योजनाबद्ध भएको केन्द्रीय सदस्य बुढाथोकीको भनाई रहेको छ ।
अधिकारी मन्थली नगरपालिका वडा नं १२ का वडाध्यक्ष कृष्णहरी अधिकारीको छोरा समेत हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया