इरान-अमेरिका शान्ति वार्ता असफल

एजेन्सी । इस्लामाबादमा भएको अमेरिका र इरानबीचको शान्ति वार्ता कुनै सम्झौतामा नपुगी सकिएको छ।
इरानी राज्यसम्बद्ध तस्नीम समाचार एजेन्सीले अमेरिकी मागहरूका कारण “साझा ढाँचा र सम्झौता” बन्न नसकेको आरोप लगाएको छ।
तस्नीमका अनुसार आइतबार इस्लामाबादबाट रिपोर्ट गर्दै एक संवाददाताले भने, “इरानी र अमेरिकी टोलीबीचको वार्ता समाप्त भएको छ, र अमेरिकी पक्षको अति हस्तक्षेप र महत्वाकांक्षाका कारण अहिलेसम्म दुवै पक्ष कुनै सम्झौतामा पुग्न सकेका छैनन्।”
तर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानी वार्ताकारहरूले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताएका छन्। उनका अनुसार ती सर्तहरू “धेरै लचिलो” थिए र तेहरानले परमाणु हतियार त्याग्ने प्रतिबद्धता जनाएको थिएन।

फेसबुकबाट तपाइको प्रतिक्रिया