प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक, उद्योगमन्त्रीको सुनमात्रै १८० तोला

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार साँझ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
नयाँ बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका हुन् ।

धेरैजसोले प्रधानमन्त्रीसहितका मन्त्रीहरूको गरगहना सुन, चाँदी, हार लगायतका विषयमा प्रश्न गरिरहेका छन् । सार्वजनिक भएको विवरण अनुसार, सबैभन्दा धेरै सुन उद्योगमन्त्री गौरी कुमारीको सबैभन्दा बढी देखिन्छ ।

उनले आफ्नो सम्पत्ति विवरणमा सुनमात्रै १८० तोला रहेको उल्लेख गरेकी छिन् । उता प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरगहना १९० तोला रहेको उल्लेख गरेका छन् । यद्यपि उनले सुन, चाँदी, हिरा भनेर केही पनि उल्लेख गरेका छैनन् । त्यस्तै, गृहमन्त्री सुधन गुरुङ– ८९ तोला, श्रम मन्त्री रामजी यादवको ८० तोला सुन रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेको ४५ तोला, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको ३० तोला, स्वास्थ्यमन्त्री निशा मेहेताको ३० तोला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको २५ तोला रहेको जनाएका छन् ।

त्यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलको २५ तोला, परराष्ट्रमन्त्री शिशिर खनालको २२ तोला, महिला बालबालिकामन्त्री सीता वादीको १८ तोला सुन रहेको विवरणमा छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको १५ तोला, कानुनमन्त्री सोविता गौतमको १५ तोला, पर्यटनमन्त्री खडकराज पौडेलको ११ तोला, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको करिब ७ तोला र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको ५ तोला सुन रहेको विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ,उक्त विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत हेर्न सकिन्छ।
लिंक:
https://opmcm.gov.np/…/property-details-of-hon-ble…/

फेसबुकबाट तपाइको प्रतिक्रिया