श्रीकृष्ण प्रणामी युवा परिषदद्वारा गायक अमृत खातीलाई सम्मान

ललितपुर । चर्चित गायक अमृत खातीलाई श्रीकृष्ण प्रणामी युवा परिषद नेपालद्वारा सम्मानित भएका छन । परिषदले गीत संगीतको माध्यमबाट नेपाली समाज तथा सांस्कृतिक क्ष्रेत्रमार्फत समाजमा पुराएको योगदानको कदर गर्दै गायक खातिलाई सम्मान गरिएको आयोजकले जानकारी दिएका छन ।

सम्मान कार्यक्रम सम्पन्न संगै गायक खातीले भने सम्मानले आफूलाई अझै जिम्मेवार बनाएको र नेपाली गीत संगीत समाज र सास्कृतिक छेत्रको सम्बर्द्धन बिकासको लागी गीत सङीतको माध्यम मार्फत सक्दो प्रयास गर्ने उनले बताए ।

उक्त सम्मान कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद माधव प्रसाद पौडेल, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ,युवा समाजसेवी दिपक कार्की लगायत स्थानिय समाजसेवीहरुको उपस्तिथि रहेको थियो ।

लामो समयदेखि नेपाली कला संस्कृतिको जगेर्ना गर्नका लागी सांगेतिक छेत्रमा लागेका गायक तथा संगीतकार खातिले तिन दर्जन बढी गीतमा स्वर तथा दर्जनौं गीतमा संगीत भरि सकेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया