टेस्ला रोबोट:घरेलु कामदारको रुपमा काम गर्ने

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ अर्बपति एलन मस्कले एउटा महत्वपूर्ण घोषणा गरेका छन् । टेस्ला कम्पनीले एक मानवरुपी (ह्युमानोइड) रोबोट बनाउन गैरहेको र उक्त रोबोटले घरेलु कामदारको रुपमा काम गर्ने उनको दाबी छ । आगामी वर्षसम्ममा यो रोबोटको प्रथम प्रारुप अर्थात् प्रोटोटाइप तयार गरिने मस्कले बताएका छन् ।यो रोबोटलाई खासगरी जोखिमपूर्ण तथा दिक्कलाग्दा काम, जुन प्रायः मानिसहरुले गर्न चाहँदैनन्, त्यस्ता काम गर्नका लागि डिजाइन गरिएको हा । टेस्ला रोबोटको उचाइँ ५.८ इन्च र वजन १२५ पाउण्ड हुनेछ ।

टेस्लाको एक कार्यक्रममा बोल्दै अर्बपति व्यवसायी एलन मस्कले बताए अनुसार उक्त रोबोटले कारका पेचकिला कस्नुका साथै पसलहरुमा किराना सामानहरु ल्याउने लगायतका काम पनि गर्न सक्नेछ । टेस्लाका कारखानामा अटोमेटेड मेसिन र अनुभवको फाइदा यो रोबोटलाई मिल्नेछ र उत्कृष्ट तरिकाले यसको निर्माण गरिनेछ ।यो रोबोटमा टेस्लाले अटो पाइलट ड्राइभर असिस्टेन्टको केही हिस्साको पनि प्रयोग गर्नेछ । यसमा हार्डवेयर तथा सफ्टवेयर दुबै हुनेछन् ।

मस्कका अनुसार यस रोबोट मानिसका लागि साथीजस्तै हुनेछ तर मानिसलाई जित्न सक्नेछैन । उक्त रोबोटमा अनुहारको रुपमा स्क्रिन रहनेछ ।

श्रमिकको अभाव हट्ने

एलन मस्कले कम्पनीमा काम गर्ने श्रमिकहरुको अभावतर्फ संकेत गर्दै उक्त रोबोटले अर्थव्यवस्थाका लागि गहन प्रभाव पार्ने जिकिर गरेका छन् । तथापि यो रोबोटलाई सस्तो र सुलभ बनाउनु टेस्लाका लागि चुनौतिको विषय रहेको मस्क स्विकार्छन् ।

पछिल्लो समय टेस्लाको full self driving advanced driver assistant system को सुरक्षा र क्षमताका विषयमा जाँच चलिरहेको बेला कम्पनीले सोही प्रविधियुक्त रोबोट निर्माण गर्ने चर्चा चलेको हो ।स्मरण रहोस् टेस्लाको ड्राइभर असिस्टेन्ट सिस्टमयुक्त कारहरु रोकिराखेका पुलिसका गाडी तथा दमकलहरुमा ठक्कर खाएर दुर्घटना भएका घटनाहरुको बारेमा अमेरिकी सुरक्षा नियामक निकायले टेस्लाको उक्त प्रणालीको अनुसन्धान सुरु गरेको छ ।दुईजना अमेरिकी सिनेटरहरुले टेस्लाको full self driving system को दाबीमाथि छानबिन गर्न फेयर ट्रेड कमिशन समक्ष आग्रह गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया