काठमाडौं । बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।
आइफोन १३ सिरिज आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्यो ।यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी चार वटा मोडेल छन् ।
आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन, त्यसैले यो आइफोन १२ जस्तै देखिनेछ । फोनमा १२ मेगापिक्सेलको क्यामरा तथा ब्ज्ञछ बायोनिक चिपसेट रहेको छ । जुन सिक्स कोर चिपसेट हो ।
आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ ।आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ ।
आइफोन १३ तथा आइफोन १३ मिनीका अन्य फिचरमा
*उच्च पानी प्रतिरोधी
*फेस आइडी
*सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले
*शक्तिशाली तथा उत्कृष्ट डुअल रियर क्यामरा । १३ मेगापिक्सेलको वाइड तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर । क्यामरामा सिनेम्याटिक मोड पनि
रहेको सबैभन्दा तीव्र गतिको सिक्स कोर सिपियु, ४ कोर जिपियू पिंक, ब्लू, रेड, मिडनाइट, स्टारलाइट गरी ५ वटा रङमा उपलब्ध आइफोन १३
सिरिजमा ६४ जिबीको स्टोरेज हुनेछैन । यसमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ ।
एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन् । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर हुनेछ । आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६।१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया