जापान । एनआरएनए जापानको पहलमा बिगत ३ बर्ष देखि आईएचएनओ (IHNO) बाट प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुलेको छ । जापानमा नेपाली विद्यार्थी मध्ये गत वर्षहरुको झै यस वर्ष पनि ५० जनालाई आईएचएनओद्धारा छात्रवृत्ति दिने भएको हो ।
मंगलबार आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा आईएचएनओका प्रतिनिधि कमल बास्तोला र एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलले पत्रकारहरुलाई छात्रवृत्ति वितरणको लागि आवेदन खुलाउने वारे जानकारी दिनु भएको थियो । नियम अनुसार काम गर्ने बिद्यार्थीहरुलाई मात्र छात्रवृत्ति दिने आईएचएनओका प्रतिनिधि बास्कोटाले जानकारी दिनु भयो।
उक्त छात्रवृत्ति लिनको लागि जापान स्थित आफुँ अध्ययनरत बिद्यालय, कलेज तथा बिश्वबिद्यालयको समेत सिफारिस लिनु पर्ने जनाएको छ । उक्त छात्रवृत्तिको आवेदनको लागि एनआरएनए जापानको साधारण सदस्य बन्नु पर्ने एनआरएनए जापानका महासचिव सिद्धाार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
एनआरएनए जापानको साधारण सदस्यको आवेदन फारम यहाँ क्लि क्लिक गर्नु होला ।
आईएचएनओ(IHNO) छात्रवृत्तिको आवेदन फारम यहाँ क्लि क्लिक गर्नु होला ।

फेसबुकबाट तपाइको प्रतिक्रिया