जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टुवर २३ देखि २५ सम्म काठमाडौंमा हुन लागिरहेको महाधिबेशनको चुनावी सरगर्मी बढ़ेको छ । निर्वाचन नजिकदै गर्दा एनआरएनएको दशौं विश्व सम्मेलनमा ३ अध्यक्षका प्रत्यासी सहित विभिन्न पदमा उमेद्धारी दिनेको संख्या बढेको छ ।
प्रवासीमा रहेको नेपालीहरूको साँझा र गौरवशाली संगठनको रूपमा विकास भैरहेको एनआरएनएमा नेतृत्वको लागी उम्मेदवारी घोषणा गर्न प्रतिस्पर्धा नै सुरु भैसकेको छ । यस्तै शिलाशिलामा अध्यक्षमा डा बद्री केसी, कुल आचार्य र रबिना थापा बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यस्तै एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस अभियानमा संलग्न हुँदै अध्यक्ष र ३ पटकसम्म आईसीसीको सदस्य पदमा काम गरिसकेका गुरुङले आईसीसी सचिबमा उमेद्वारी दिने घोषणासंगै तिन वटै समुहको रोजाईको पात्र बनेका छन् जापानका समाजसेवी,सफल ब्यवसायी एवम् गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष अजीव गुरुङ ‘ओम’
एनआरएनएका पूर्व अध्यक्ष शेष घले, भबन भट्ट लगाएतको दह्रो साथ रहेकोले गुरुङ सबैको रोजाईमा परेका हुन ।
बिगत लामो समयदेखि जापानमा रेष्टुरेण्ट र रेमिट्यान्स लगाएत ब्यवसायी गर्दै आएका गुरुङले जापानमा नेपाल आदिवासी जनजाति महासंघको समेत अध्यक्ष भएर काम गरेका छन ।
एनआरएनए आईसीसीको विधान समितिको उप संयोजक समेत रहेको अनुभव छ । सबैसँग मिलनसार र नेतृत्व गर्न सक्ने क्षमता भएका गुरुङले यसअघिका आईसीसीको अधिबेशनहरुमा पनि आफ्नो बलियो सम्भावना हुँदाहुँदै पनि अन्य साथीहरुलाई समर्थन गरी पछाडि बसेको र अब आफ्नो पालो आएको बताउनु भयो ।
नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफूले सचिबमा उमेदवारी दिन लागेको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया