धरान । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस अवसरमा धरानमा ज्येष्ठ नागरिक हरुलाई छाता उपहार दिएको छ । । धरानमा पनि ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । शुक्रबार धरान उपमहानगरपालिकाको सामाजिक महाशाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरि अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफूसँग भएका प्रतिभाहरु प्रदर्शन गरेका थिए । उनीहरुले गायन, नृत्य, नौमती बाजा, मादल, बिनायो, साकेला नाच प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने ज्येष्ठ नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले माला लगाएर छाता वितरण गरेका थिए ।
मेयर राईले अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभकामना दिँदै ज्येष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गर्ने हो भने ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिक रूपमा पनि बोझ नभई वरदान सावित हुने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया