भित्ताको दाग सफा गर्न जापानको सर्वोत्कृष्ट पेन्ट केएनपीको ब्यूटी गोल्ड बजारमा

काठमाडौं । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले नेपाली बजारमा नयाँ उत्पादन केएनपी ब्यूटी गोल्ड वासेबल ल्याएको छ । घरको भित्तामा लागेका दागहरू सजिलैसँग सफा गर्न सकिने यो पेन्ट नेपालका घरलाई लक्षित गरी लन्च गरिएको केएनपीले जानकारी दिएको छ ।

आकर्षक चमक आउने पेन्ट एन्टी ब्याकटेरियल पनि रहेको र ग्राहकहरूले कम रङ्गमा धेरै क्षेत्रफल पेन्ट गर्न सक्ने कम्पनीले दाबी गरेको छ । साथै, पेन्टमा हुने भिओसी (हानिकारक केमिकल) र कम गन्ध निकै कम रहेको बताइएको छ ।

सन् २०१२ देखि नेपालमा आफ्नो उत्पादन थालेको केएनपी जापानले वातावरणमैत्री पेन्टलाई प्राथमिकता दिँदै हेल्थी होम पेन्ट उत्पादन गर्दै आएको दाबी गर्ने गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया