जापान । टोकियो नजिकै चोफुमा आइतबार साँझ चलिरहेको रेलमा एक व्यक्तिले चक्कु प्रहार गर्दै आगलागी गर्दा यात्रुहरू रेलको झ्यालबाट भाग्नको लागि दौडिदा कम्तिमा १७ जना घाइते भएको छन् । एकजना गम्भीर घाइते भएका छन् ।
टोकियो महानगरीय प्रहरी विभागले दिएको जानकारी अनुसार आइतबार बेलुका ७ बजेर ५५ मिनेट जादा चोफुको कोकुरियो स्टेशन नजिकै केइओ लाइन एक्सप्रेस ट्रेनमा यात्रा गरिरहेको चक्कु बोकेको २४ वर्षीय बेरोजगार क्योटा हट्टोरीलाई महानगरीय प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोपमा घटनास्थलबाटै पक्राउ गरेको छ ।
क्योटाले चक्कु चलाउदा अन्दाजी ६० वर्षका वृद्दको साथमा अन्यलाई अन्धाधुन्दा चक्कु प्रहारबाट घाइते बनाएका र तिनै क्योटाले तरल पदार्थ छर्केका कारण आगोको धुवाँबाट अन्य यात्रुहरु घाइते भएको बताईएको छ ।
ट्रेनलाई कोकुर्यो स्टेसनमा आपतकालीन रोक लगाएको थियो ।
टोकियो फायर डिपार्टमेन्टले पनि ट्रेनको पाँचौं डिब्बामा आगो लागेको जानकारी प्राप्त गरेको छ । अनुसन्धानका क्रममा ती चक्कु प्रहार गर्ने व्यक्तिले आफूले चक्कुले काटेर मृत्युदण्ड दिन चाहेकोले चक्कु प्रहार गरेको बताएका छन ।
अनुसन्धान अधिकारीका अनुसार उनले अनुसन्धानमा भने, “म एक व्यक्तिलाई मारेर मृत्युदण्ड दिन चाहन्थें। मैले दुई वा दुईभन्दा बढी मानिसलाई मारेको भए मृत्युदण्ड दिइन्छ भन्ने सोचेको थिएँ, त्यसैले यो कार्य गरेको बताएक छन् ।
प्रहरी अधिकारीले उनलाई “चक्कु फ्याँक्नुहोस्” भने र आज्ञाकारी भई प्रहरीले भने अनुसार गरेका थिए। आयस घटना रेल यातायातसँग जोडिएको आक्रमणको स्ट्रिङमा सबैभन्दा नयाँ थियो र मानिसहरू हेलोवीन उत्सवको लागि चोफु शहरको केन्द्रतर्फ जाँदै गर्दाको अवस्थामा भएको थियो ।
प्रहरीले ८ बजेतिर चक्कु बोकेको व्यक्ति ट्रेनमा रहेको जानकारी प्राप्त गरेको थियो । घटनाका धेरै तस्बिर र भिडियोहरू प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। रेल रोकिँदा तुरुन्तै ढोका खुल्न नसकेपछि मानिसहरू रेलको झ्यालबाट प्लेटफर्ममा चढेको देखिएको छ ।
आगो र धुवाँको बीचमा देख्न नसक्ने यात्रुहरूमा त्रास फैलाउने मध्यको यो घटना टोकियोको सिन्जुकुको लागि जाँदै गरेको रेलमा भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया