नोभेम्वर २१ मा तमु धीँ जापानको १९ औं अधिवेशन हुने, याम तमुको संयोजकत्वमा निर्वाचन मण्डल

टोकियो । जापानको पुरानो सक्रिय संस्था तमु धीं जापानको १९ औं अधिवेशन नोभेम्वर २१ हुने भएको छ । सन १९९५ मा स्थापित संस्था तमु धीं जापानको १९ औं अधिवेशन नोभेम्वर २१ आईतबार टोकियो स्थित मुरा हल सोलमरीमा हुने भएको हो ।

तमु धीँ जापानका पुर्व अध्यक्ष याम तमुको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल तय गरिएको संस्थाका महासचिव चित्र तमुले जानकारी दिनुभयो । निर्वाचन मण्डलको सदस्यहरुमा पुर्व अध्यक्ष हर्क तमु र श्री तमु रहेका छन् । अक्टोवर २४ मा बसेको धींको सर्वपक्षिय वैठकले सो निर्णय गरेको हो । अधिवेशनमा सम्पूर्ण आजिवन सदस्यहरु, साधारण सदस्यहरु र जापानवासी सम्पूर्ण तमुहरु सहभागी हुन सक्ने सहभागी भईदिनु हुन धींका अध्यक्ष सौगात तमुले अनुरोध गर्नुभएको छ ।

सोही वैठकमा तमु ल्होसार २०२१ पनि जनवरी २ तारिख भव्य तरिकाले टोकियोमा मनाउने भएको छ । कोरोना कहरका कारण यसपटक नेपालबाट कलकार ल्याउन सम्भव नरहेकोले स्थानिय कलकारहरुको उपस्थितमा ल्होसार मनाउने भएको छ ।
यसैगरि २७ औं ल्होसार साँझ २०२१ को लागि उपाध्यक्ष सोममाया तमुको संयोजक र साँस्कृतिक संयोजक मान तमुको सह संयोजकमा ल्होसार आयोजक समिति गठन गरिएको छ ।

यसैगरि कोविड १९ का कारण अल्पयुमै निधन भएका सुर्जमान तमुको परिवारलाई ८ लाख ८१ हजार ४११ येन सहयोग रकम हस्तान्तरण गरेको छ । यसै बिच बड़ा दशै र दिपावलीको अवसरमा शुभ कामना आदान(प्रदान कार्यक्रम तथा च्यापीटी डिनरबाट संकलित रकम १ लाख रुपैयाँ पोखरा रामघाट गुम्बामा निर्माणाधीन बातावरण मैत्री बिधुतिय सवदहन गृहलाई सहयोग गर्ने तमु धीँ जापानले जनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया