जापानमा नेपाल भलिबल संघले तेस्रो रनिङ कप भलिबल प्रतियोगिता गर्ने

टोकियो । नेपाल भलिबल संघ जापानले आफ्नो चौथो बार्षिकोत्सवको अवसरमा तेस्रो रनिङ्कप पुरुष भलिबल २०२१ प्रतियोगिता गर्ने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रकालागी खेलकुद भन्ने मुल नाराका साथ नेपाली राष्ट्रीय खेल भलिबल बिकास,प्रचार प्रचारका लागी नेपाल भलिबल संघ जापानले तेस्रो रनिङ्कप पुरुष भलिबल २०२१ प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

कार्यसमितिको बैठकबाट अध्यक्ष रत्नसिंह बस्नेतको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरेको छ।भने प्रचार प्रसार संयोजक भिक्टर ठाडा मगर, आर्थिक संयोजक बसन्त थापा,खेलाडी संयोजक दिपेश केसी,हल ब्यबस्थापन संयोजक बुद्ध बस्नेत लगाएत बिभिन्न उपसमिति संयोजक समेत चयन गरेको छ।
उक्त खेलको टिम दर्ता शुल्क ४ मानयेन अर्थात् ४० हजार येन राखिएको छ ।

प्रतियोगितामा प्रथम र द्वित्तिय स्थान हासिल गर्ने टिमलाई क्रमश ३ लाख र २ लाख येन नगद सहित प्रथम स्थानका लागि रनिंगकप,गोल्ड मेडल र प्रमाण पत्र द्वितिय स्थानका लागि सिल्वरमेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ, भने सेमी फाईनलका २ टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५०/५० हजार जापानी एन मेडल र प्रमाण पत्र द्वारा पुरस्कृत गरिने छ।
यसका साथै प्रतियोगितामा ५ बिधागत पुरस्कार (Best player,best Spiker,Best defender,Best Blocker,Best Coach) प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतियोगितामा अफिसियल सहित १२ खेलाडी सहभागि जनाउन सक्ने छन्।खेल प्रचलित नियम अनुसार नर-आउट सिस्टमा नेपाली रेफ्री द्वारा संचालन गरिने छ।
खेल डिसेम्बर १५ तारिख बुधबार साईतामा केनको टोडा स्पोर्टस् सेन्टरमा
बिहान ९ बजे देखि संचालन हुने छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया