गोल्डेन गार्डेन एकेडेमीलाई एनआरएनए जापानद्धारा ३ लाख रूपैया हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले ३ लाख रूपैया गोल्डेन गार्डेन इन्टरनेसनल एकेडेमीलाई हस्तान्तरण गरेको छ ।
गोल्डेन गार्डेन इन्टरनेसनल एकेडेमी प्रागङमा इनर भिजन नेपालका १२ जना विद्यार्थीहरुलाई एक बर्षको स्कूलको रकम लत्ताकपडा र खाध्यान्न बापत रु ३ लाख इनर भिजनका अध्यक्ष नन्दा शाहीलाई एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेलले एक कार्यक्रमको बीचहस्तान्तरण गर्नु भएको छ ।

नेपालको चर्चित कार्यक्रम इन्द्रेणीका कृष्ण कडेलमार्फत उक्त रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रमको छायांकन समेत इन्द्रेणी बाट भयो।
उक्त कार्यक्रममा एनआरएन जापानका अध्यक्ष शिब प्रसाद पौडेल , इनर भीजनका अध्यक्ष नन्दा शाही, उक्त बिध्यालयका प्रोपाइटर प्रदीप भट्टराई तथा रमेस प्रसाईले आ- आफ्नो भनाई राख्नु भयो । उक्त कार्यक्रममा आयोजक तथा बक्ता हरुले एनआरएन जापान तथा क्षेत्रीय समिति तथा जापानबासी नेपाली र कार्यक्रम संयोजक संगिता अधिकारी सूबेदीलाई धन्यबाद ब्यक्त गर्नु भयो ।
रमेस प्रसाईले एनआरएन जापान तथा जापानबासीनेपालीहरुको समाज सेवा प्रतीको उत्तरदायित्त्व देखेर प्रभाबीत भएको तथा यसरी इनर भीजन नेपालका बिध्यार्थीलाई पहिलो चोटी यसरी सहयोग आएको बताउनु भयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया