काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश नामाकरणको विषयमा आफु बहुपहिचानबाट पछि नहट्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित किरात राइ यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले ठुलो नेताले भन्दैमा आफु बहुपहिचानबाट किमार्थ पछी नहट्ने बताए ।
चाहे मुख्यमन्त्री पद् जाओस्, चाहे अशोक राईले जस्तो पार्टी नै छोड्न परोस् म बहुपहिचानबाट हट्ने छैन । आफ्नो पार्टीका केही नेताहरु अझै पनि पहिचानको पक्षमा नरहेको भन्दै उनले आफु संगठित रहेको पार्टीले तीन ओटा चुनाव बहुपहिचानको नाम दिन्छौ भनेर जनताबाट भोट पाएर चुनाव जितेको उल्लेख गरे ।
पहिचानको नाम लिएर जनताको भोटले चुनाव जित्ने अनि पहिचानलाई लत्याउने हो भने त्यो भन्दा ठुला धोका र अनैतिक कार्य अरु हुन नसक्ने उनको भनाई छ । ‘सुम्निमा पारुहाङको कसम खानुपर्छ कि माटोको कसम खानुपर्छ तपाईहरुले देख्ने गरी पहिचानको पक्षमा उभिनेछु ।’ उनले प्रतिवद्धता जनाए ।
किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागि हुन १२ भन्दा बढी देशको प्रतिनिधिहरु नेपालको राजधानी काठमाडौं आएका छन।
उक्त कार्यक्रम कार्तिक २७ अर्थात् नोभेम्बर १३ तारिखबाट तीन दिनसम्म हुँदैछ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया