टोकियो । लामो समय अघिबाट कोभिड १९ पिडित ज्ञान पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
नेपाल मगर संघ जापानको पहलमा नेपाल मगर संघ जापान क्षेत्रीय समिती तोकाई र नेपाल मगर संघ जापान क्षेत्रीय समिती सिजुओका र मोना जापान को सहकार्यमा कोभिड १९ पीडित ज्ञान पुनलाई आर्थिक सहयोग गरिएको छ ।
जापानको चिवा चुचिउरा दाइकितामा बस्दै आएका म्याग्दीको मालिका गाउँपालिकाका ५ रुमका पुनलाई १ लाख ८२ हजार सहयोग गरिएको हो ।
त्यस्तै आर्थिक भारलाई केही हदसम्म सहायता मिलोस भन्ने उद्धेश्यका साथ मोना जापानका उपाध्यक्ष हेम जुग्जाली मगरको संयोजक र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको उपसंयोजकत्वमा मोना जापान र बिम समाज जापानको सयुक्त पहलमा चलाइएको सहयोग अभियानबाट उठेको कुल रकम ५ लाख २१ हजार २ सय बिरामी ज्ञान पुनको थानदेबी पुनलाई संघका अध्यक्ष सचिन श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष बिशाल केसि र अभियान संयोजक संघका उपाध्यक्ष तथा बिम समाज जापानका अध्यक्ष हेम जुग्जालीहरुको उपस्थितिमा रकम हस्तातरण गरिएको थियो ।
कुकको रूपमा काम गर्दै आएको पुन २ महिनादेखि कोभिड सङ्क्रमण भएर फोक्सो झन्डै ९५ प्रतिशत जलिसकेको अवस्थामा अस्पताल भर्ना भएका थिए । उपचार निकै खर्चिलो भएको कुरा थाहा पाए पछि नेपाल मगर संघ जापानले यही अवस्थालाई मध्यनजर गर्दै आर्थिक भारलाई केही हदसम्म सहायता मिलोस् भन्ने उद्देश्यलेका साथ आर्थिक सहयोग सङ्कलन अभियान चलाएको थियो ।
उक्त अभियानको संयोजक नेपाल मगर संघ जापानका सहकोषाध्यक्ष सबिनबाबु मगर हुनुहुन्थ्यो। बिरामी ज्ञान पुन मगरको श्रीमतीसंग भेटी बिरामिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संकलित सहयोग रक़म १,८२,००० अर्थात एक लाख बयासी हजार येन संस्थाका अध्यक्ष ओम काउचा मगर, क्षेत्रीय समिति कान्तोका अध्यक्ष मनिस मगर र यस अभियान का संयोजक सबीनबाबु मगरको उपस्थितिमा हस्तान्तरण गरीएको छ ।
अभियानमा सहयोग गर्नु हुने जापानवासी सम्पुर्ण मगर समुदाय प्रति सबिन बावु मगर र म्याग्देली गैर म्याग्देली नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा मोना जापान परिवार साथै बिम समाज जापान हार्दिक आभार तथा धन्यवाद ब्यक्त गरेको छ ।
अहिले बिरामी टोकियो उमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार बिरामीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया