एनआरएनए यूकेमा क्षमता ढकालसहित ५ जना कार्य समितिमा मनोनित, प्रबक्तामा लिम्बु

बेलायत । गैरआवासीय नेपाली संघ एनआरएनए यूकेको नव निर्वाचित कार्यसमितीले संघको विघान अनुसार क्षमता ढकाल सहित ५ जना कार्य समितीमा मनोनित गरेको छ । कार्य समितीले गत अक्टोबरमा भरतमणी चोङवाङ लिम्बुलाई प्रबक्तामा मनोनित गरेको थियो भने आवेश राई र श्याम लुईटेललाई सदस्यमा मनोनित गरेको थियो ।

कार्य समितीको पुर्ण बैठकले थप तिन जनालाई कार्य समितीको सदस्यमा मनोनित गरेपछि कार्य समितीले पुर्णता पाएको छ । कार्य समितीको बैठकले तमुधिं युकेका अध्यक्ष तथा बरिष्ठ समाजसेवी हितकाजी गुरुङ, क्षमता ढकाल तथा ग्याञ्जु शेर्पालाई उहाँहरुले नेपाली समाजमा पुर्याउनु भएको योगदान तथा एनआरएनए अभियानमा निरन्तर संलग्नताको उच्च मुल्याङ्कन गर्दै मनोनित गरीएको हो ।

यस अगाडी प्रबक्तामा मनोनित भरतमणी चोङवाङ लिम्बु बेलायतमा एक सफल ब्यावसायी तथा पुर्व गोर्खा हुन । त्यसैगरी अर्का शदस्य आवेश राई सुचना प्रबिधी विज्ञ तथा चार्टर एकाउन्टेन्ट समेत हुन भने लुईटेल पत्रकारीता क्षेत्रमा कृयासिल छन् ।

गत अगष्टमा नया कार्य समिती निर्वाचित भएर आएपछि समितीले कार्य समितीमा मनोनित गर्ने कार्यका अलावा १८ ओटा विभागहरु तथा टास्कफोर्सहरु गठन गरी कार्यक्षेत्रमा परिचालित भएको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी गराएका छन् ।

नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकाल र माता सुस्मा ढकालकी जेठी सुपुत्री क्षमता ढकाल ललितपुरको धोबिघाट निवासी हुन् भने हाल लण्डनमा बस्दै आएकी छन् । उनले नेपाली चलचित्रहरुमा पनि लगानी गर्दै आएकी छिन् उनीले लगानी गरेको चलचित्रहरु नयाँ नेपाल,राहधानी र खोज आदी हुन् । उनि सामाजिक कार्यहरुमा पनि सक्रिय हुदै आएकी छिन् ।
विश्व हिन्हु महासंघको केन्द्रीय सदस्य, बेलायत जनसम्पर्क समितिको सदस्य जस्ता विभिन्न संघसंस्थामा आबद्ध भएर आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छिन् । हाल उनी बेलायतमा कानूनशास्त्रमा अध्ययन गर्दै छिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया