जनकपुरधाम । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर विवाद देखिएको छ ।
राज्यमन्त्री कर्णले आफूलाई पुरानो गाडी दिएको र अहिले बिग्रेका कारण सार्वजनिक गाडी चढ्नुपरेको भन्दै विरोध जनाएकी छन् । साउन २ गते आफूले पद तथा गोपनीयताको शपथ गरेपछि दिएको ज १ झ ४४२ नम्बरको गाडी ब्रेकफेल भएर दुर्घटनामा परेको उनले बताइन् ।
‘१३ मंसिरमा जनकपुरबाट सप्तरीतर्फ जाने क्रममा ब्रेक फेल भई ढल्केबरमा दुर्घटना नै भयो’ उनी भन्छिन्, ‘यो दुर्घटनामा मलाई र चालकलाई सामान्य चोटपटक लागेको थियो ।’
दुर्घटनापछि उनका स्वकीय सचिवले मन्त्री भरत साह चढ्ने ज १ झ ४४३ नम्बरको गाडी लिएर राज्यमन्त्रीलाई उद्धार गर्न पुगेका थिए । त्यसयता उनले यही गाडी चढ्दै आएकी थिइन् । तर मंसिर १५ गते उनले सो गाडी लिएर काठमाडौं जान खोज्दा मन्त्री साहले दिएनन् ।
त्यसपछि आफू सार्वजनिक बस चढेर काठमाडौं गएको राज्यमन्त्री कर्णले बताइन् । ‘यो घटना अर्थमन्त्री शैलेन्द्र साहलाई पनि जानकारी गरायौं’ उनले भनिन्, ‘तर काठमाडौंमा दुई दिनको बसाइको क्रममा प्रदेश सरकार र मन्त्रालयले कुनै चासो नदिएको गुनासो गरिन

फेसबुकबाट तपाइको प्रतिक्रिया