अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को परीक्षामा उत्तीर्ण भएकी छिन्। करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ को परीक्षा पार गरेकी हुन् ।
गत भदौँ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको हो ।

परीक्षाफल सन्तोषजनक रहेको उनको भनाई छ। ‘१२ पास हुँदा निकै खुशी लागिरहेको छ । कोरोना महामारीका कारण कक्षा नियमित सञ्चालन भएको थिएन् । साथै अनलाइन क्लासमा पनि त्यति उपस्थित भएकी थिइन् । जसकारण यसपटक धेरै अपेक्षा थिएन। तर, राम्रै नतिजा आएको रहेछ। दुईटा विषयमा त ए प्लस आएको छ,’ उनले भनिन्।

आगामी दिनहरुमा पनि पढाईलाई निरन्तरता दिने सोच रहेको उनले बताइन् । स्नातक तहमा मानविकी संकायमा समाजशास्त्र वा ग्रामीण विकासमध्ये एउटा विषय छनोट गरेर पढ्ने सोच रहेको उनले बताइन् ।

‘कोरोना महामारीका कारण नियमित कक्षा जान पाइएको थिएन, छोटो समयको तयारीले पनि राम्रै भएछ जस्तो लाग्यो, खुशी छु’, माननन्धरले भनिन् । उनले अब स्नातक पढ्ने योजना रहेको बताइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया