काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि आज जारी मतदानमा एक हजार ३६५ मत खसेको छ । काँग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३।३० बजेसम्म एक हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।
मतदान स्थल रहेको प्रदर्शनी मार्गमा विभिन्न पदका उम्मेदवार तथा उनीहरूका सहयोगीले मत माग्दै पर्चा र कार्ड बाँडिरहेका छन् । ती पर्चाहरूलाई प्रतिनिधि तथा कार्यकर्ताले सडकमा त्यतिकै फालिदिँदा यतिबेला सडक नै पर्चै पर्चाले ढाकिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया