जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए)ले फेरी निर्वाचन तालिका स्थगन गरेको छ । निर्वाचन प्रति अधिकांश उम्मेदवारका आकांक्षीहरु र समितिभित्र नै चरम विबाद भएपछ निर्वाचन तालिका स्थगन भएको हो ।
वर्तमान कार्यसमितिमा आफुले घोषणा गरेको कार्यतालिका अनुसार चुनाव गराउने सक्ने समय नभएकोले निर्वाचन तालिका स्थगन गरेको जनाएको छ ।
एनआरएनए भित्र अहिले नेतृत्व प्रति चरम असन्तुष्ठि छ । संस्था नेतृत्व चरम विवादमा परेको छ । यो समाधान नगरि चुनावको हचुवाका भरमा चुनाव तालिका सार्वजनिक गरिएको थियो । यो पटक पटक स्थगित भएको छ ।
अहिलेको विवाद समाधान गर्न भन्दा अध्यक्षले चार जनाको उच्चस्तरीय समिति गठन भएको सार्वजनिक गरेका छन् । यो समितिमा संघका सल्लाहकार विश्व आर्दश पण्डित, डा. यादव पण्डित, सचिव गौरी जोशी र डिबी कार्की छन् ।
विश्वआर्दश र यादव पण्डित दुवै जना नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भएकाले चुनावमा भाग लिन नेपालमा छन् ।


फेसबुकबाट तपाइको प्रतिक्रिया