एनआरएनए जापान रनिङ कप २०२२ : प्रथम हुनेलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड

जापान । गैरआवसीय नेपाली संघ एनआरएनए जापानले प्रथम एनआरएनए रनिङ कप २०२२ आयोजना गर्ने भएको छ । आउँदो मे २९ तारिख जापानको टोकियो फुजीमोरी फुट्सल पार्कमा हुने प्रतियोगितामा प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको आयोजक एनआरएनए जापान तथा सहआयोजक एनआरएनए जापानको क्षेत्रिय कमिटि कान्तो साथै ११ क्षेत्रिय कमिटिको सपोर्ट रहने गरी आयोजना हुन लागेको हो । त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख पचास हजार र कप, तेस्रो हुनेलाई ७० हजार र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने एनआरएनए युबा संयोजक राकेश रुम्बाले जानकारी दिनुभयो ।

एनआरएनए जापान स्थापना भए देखी फुट्सल प्रतियोगिता भएको यो पहिलो पटक रहेको हुँदा कार्यक्रमलाई बिभिन्न माध्यमबाट सबैको सहयोग रहने अपेक्षा आयोजक पक्षले लिएको छ ।
खेललाई गैरआवासीय नेपाली सङ्घ जापानले आयोजना र विभिन्न मिडियाले सहयोग गर्ने भएका छन् । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा झण्डै ३० टिमहरूको सहभागिता हुने विश्वास राखेको छ ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि ३६ हजार येन दर्ता शुल्क लाग्ने एनआरएनए खेलकुद संयोजक नमस्ते गुरुङले जनाएको छ साथै उत्कृष्ट बिधालाई बिशेस पुरस्कारको ब्यबस्था रहेको जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया