एमाले प्रदेश सांसद थापा र पहारीलाई उम्मेदवार नबनाउने निर्णय

काठमाडौं । नेकपा एमालेले प्रदेशसभा सदस्यहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

बिहीबार बालकोटमा बसेको सचिवालय बैठकले सिफारिस भएर आएका प्रदेशसभा सदस्यहरुलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो । ‘यसबारे धेरै कुरा भएन । प्रदेश सांसदलाई उम्मेद्वार नबनाउने भन्ने भयो , एक नेताले भने । एमालेको यो निर्णयपछि पोखरा महानगरपालिकाको मेयरमा दावी गरेका कृष्ण थापा र राजीव पहारी उम्मेदवार बन्न नपाउने भएका छन् । महानगरको मेयरका लागि थापा र पहारीसहित १२ जनाको नाम सिफारिस भएको छ ।

पोखरासहित ६ महानगर र ११ उपमहानगरपालिकाको मेयरका लागि सिफारिस भएको नाम सचिवालय बैठकमा प्रस्तुत भएको छ । सिफारिस भएका नाम प्रस्तुत गर्ने क्रममै प्रदेशसभा सदस्यहरुलाई उम्मेदवार नबनाउने सहमति जुटेको ती नेताले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया