समाजसेवामा लागेका युवा शाहले स्वतन्त्र वडा अध्यक्षमा उमेदवारी

महेश सिंह सिरहा । निरन्तर समाजसेवामा लगेका युवा प्रेम कुमार साहले सप्तरीको बोदेबर्साईन नगरपालिका ४ बाट स्थानीय निर्वाचनमा भागलिन मनोनयन दर्ता गराएका हुन्। साहका अनुसार शुसाशन रहित समाज निर्माण गर्न र सुन्दर समाज निर्माणमा सहयोग गर्न आफू स्वतन्त्रबाट मनोनयन दर्ता गराएको उनले बताए ।

बिगत लामो समय देखि समाजसेवामा लागेका युवा तथा समाजिक चिन्तन बोकेका साद्गी युवा प्रेम कुमार साहले समाजमा घटेको बेतिथी र बिकृती भ्रष्टाचार उन्मुख समाज निर्माणका लागी अग्रनी भुमिका निर्वाह गर्न स्वतन्त्रबाट वाडा अध्यक्षमा उमेदवारी दिएका हुन्।बैशाख ३० गते हुने निर्वाचनमा भागलिन हिजो मनोनयन दर्ता गराएका हुन् ।

सामाजिक चिन्तन बोकेका साह बिगत्त लामो समय देखि समाजसेवा गर्दै आएका हुन। उनी सानै उमेर देखि समाजसेवामा होमिएका उनी समाजको चर्चित ब्यक्ती र लोकप्रिय उमेदवार समेत रहनु भएको हो । समाजका सयौं बौद्धिक युवाहरू साहको निर्माणमा सहयोग गर्न इन्छुक रहेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया