फेरि पेट्रोलियम पर्दाथको प्रतिलिटर १० रुपैयाँका दरले बढ्यो, ग्यास प्रतिसिलिन्डर १८००

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो ।
नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ ।
यस्तै निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

यस्तै हवाई इन्धन (अन्तरिकतर्फ) को १० रुपैयाँ बृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको आयल निगमले जनाएको छ ।​

फेसबुकबाट तपाइको प्रतिक्रिया