काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् ।
साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । भारी मतान्तरसहित उनले गठवन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरिन् ।
सुरुमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी सुनितालाई पछि एमालेले उपमेयरको टिकट दिएको थियो । उनी नेवारी भाषा, संस्कृतिको प्रवर्द्धनमा सक्रिय अभियन्ता हुन् । साथै, सन् २०११ कि मिस नेवा हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया