जापान । एनआरएनए जापानले आयोजना गरेको प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ को सम्पूर्ण तयारी पुरा भएको छ । प्रथम एनआरएनए रनिङ कप २०२२ मे २९ तारिख अर्थात आईतवार जापानको टोकियो फुजीमोरी फुट्सल पार्क हुने फुटसल रनिङ कप २०२२ को सम्पूर्ण तयारी पुरा भएको एनआरएनए जापान अध्यक्ष शिबप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ । त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख पचास हजार र कप, तेस्रो हुनेलाई ७० हजार र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने एनआरएनए युबा तथा कार्यक्रम संयोजक राकेश रुम्बाले जानकारी दिनुभयो ।
एनआरएनए जापान स्थापना भए देखी फुट्सल प्रतियोगिता भएको यो पहिलो पटक रहेको हुँदा कार्यक्रमलाई बिभिन्न माध्यमबाट सहयोग गर्नु हुने स्पोन्सर, खेलाडी तथा खेल प्रेमीहरुलाई फुटसल खेलमा उपस्थित भई हौसल्ला गराईदिनु हुन एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले अनुरोध गर्नु भयो ।
जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा ३५ टिमहरूको सहभागिता हुने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया