गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब तदर्थ समिति गठन

साउदी : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) साउदी अरब, तदर्थ समितिको गठन गरिएको छ । गत मार्च २२-२५ सम्म होटल याक एण्ड यति काठमाण्डौमा सम्पन्न संघको १० औं महाधिवेशनबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) लाइ बिश्वो भरि नै बिस्तार गर्ने योजना अनुरुप यो समिति गठन गरिएको हो।

पहिलो प्राथमिकतामा अध्यावधिक एनआरएनए एनसीसीहरुलाई साझेदारीमा काम गर्न मे १५, २०२२ सम्मको म्याद दिएर पत्राचार गरिएको थियो। मे १५, २०२२ सम्मको सो म्याद अनुसार नभएपछि विकल्पमा तदर्थ समिति गठन गर्ने अभियान सुरु गरिएको हो। अध्यक्ष बिनोद कुँवर नेतृत्व कार्यकालको लागि पहिलो तदर्थ समिति नै साउदी अरब भएको छ।

यस पहिला साउदी अरबमा तदर्थ समिति गठन गर्न तयारीका बैठक धेरै पटक भएका थिए। मे २६, २०२२ बिहिबार साँझ बसेको बैठकबाट कमल शाहीको संयोजकत्वमा ९ सदस्य राष्ट्रिय समन्वय परिषदको तदर्थ समिति साउदी अरब गठन भएको छ। सो समितिलाइ मे २७, २०२२ शुक्रबार नै एनआरएनए आइसीसीले मान्यता प्रदान गरिएको पत्र प्रदान गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले तदर्थ समिति साउदीलाइ संघको बिधान २००३ को संसोधन सहित २०२१ अनुसार काम कार्बाही अघि बढाउन निर्देशन गरेको छ। यसका साथै छिटै नै दुवै पक्षबीच सहकार्यको लागि संझौता (ICC & NCC MOU) गरिने छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद तदर्थ समिति साउदी अरब २०२१-२०२३ का पदाधिकारीहरु
संयोजक-कमल शाही, रियाध
सहसंयोजक-राजु के सी, दमाम
सदस्य-अनुशा तामाङ, अल कासिम
सदस्य-बिल्टु मुखिया, रियाध
सदस्य-अर्जुन क्षेत्री, खोबर
सदस्य-सुमन दाहाल,अल कासिम
सदस्य-चन्दर कान्त चुदाली, जोद्धा
सदस्य-कमल पाठक, याम्बु
सदस्य-दिपेन्द्र थापा, जुबैल

धन्यवाद;

सचिवालय
गैरआवासीय नेपाली संघ
मे २७, २०२२

फेसबुकबाट तपाइको प्रतिक्रिया