नागोया । जापानको नागोयामा नेपालबाट विद्यार्थी भिषामा भर्खरै आएका एक नेपाली युवा आफनै कोठामा मृत भेंटिएका छन ।
नागोयाको नागोया सिस्थितमा ईएसएल जापानी भाषा स्कुल पढ़ने ती नेपाली युवाले आफ्नै कोठामा ज्यान लिएको उनका साथी कृष्ण प्रधानले जानकारी दिए ।
नेपालको प्यानेसिया एजुकेशन फाउन्डेशन नयाँ वानेश्वर काठमाडौंबाट गत में २३ तारिख जापान आएका विक थरका युवाले आफैले आफनो ज्यान लिएका हुन हाल मृतकको शव अस्पतालमा रहेको र पोष्टमार्टम लगायतको काम भइरहेको बुझिएको छ ।
उनी कोभिड-१९ महामारी पछी २ हप्ताअघि मात्र जापानको भाषा विद्यार्थीको रुपमा जापान अध्ययनका लागि आएका थिए । मृतकको शव जुन ५ तारिख आइतबार बिहान कोठामा फेला परेको र घटनाको प्रकृति हेर्दा उनले आफैंले आफ्नो ज्यान लिएको देखिएको प्रहरीले बताएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार हिजो मात्र कामको लागि इण्टरभ्यु र मंगलबारबाट कामको फिक्स गरेका थिए । उनले के कारणले मृत्युको बाटो रोजे अनुसन्धान भैरहेको बुझिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया