काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा निर्वाध फोहोर विसर्जन भएको छ । बिहीबार बेलुका ७ बजेदेखि आज (शुक्रबार) बिहान १ बजेसम्म महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग प्रभावित क्षेत्रका वडाध्यक्षहरुसँग भएको सहमति अनुसार आजैबाट फोहोर ढुवानी र अन्तिम व्यवस्थापन कार्य भएको हो ।
आज १५३ ट्रक फोहोर व्यवस्थापन भयो । साइटका इन्चार्ज ईञ्जिनियर सरकारदीप श्रेष्ठले आज सहजरुपमा फोहोर व्यवस्थापन भएको जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया