टोक्योमा जुन १९ तारिख भुम्या पर्वको अवसरमा बृहत बिबिक्यु कार्यक्रम हुने

जापान । नेपाल मगर संघ जापानको आयोजनामा टोक्योमा भुम्या पर्वको अवसरमा बृहत् बिबिक्यु तथा विशेष कार्यक्रम गर्ने भएको छ ।

नेपाल मगर संघ जापानको आयोजनामा जुन महिनाको १९ तारिख टोक्योको कासाई रिंकाई पार्कमा बृहत् बिबिक्यु तथा भुम्या पर्वको विशेष कार्यक्रम गर्न लागेको संघका महासचिव रामहरी खपाङगी मगरले बताउनु भयो ।

विश्व महामारीले गर्दा लामो समयदेखी सामूहिक भेंटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन नेपाल मगर संघ जापानको आयोजनामा भुम्या पर्वको अवसरमा बृहत् बिबिक्यु विशेष कार्यक्रम गर्ने भएकोले सबै संघसंस्थाका प्रतिनिधिलाई उपस्थितिको लागि अध्यक्ष ओम मगरले अनुरोध गर्नु भएको छ ।

मगर समुदायको बिशेष पर्ब भूम्या पर्ब जापानको टोकियो शहरमा बिबीक्यूसंगै नाच्ने र नचाऊने, भुम्या नाच, हण्डीफोर प्रतियोगिता, मादल र बासुरीमा दोहोरीका साथ भरपुर मनोरञ्जनको लागी पूर्ण तयारी गरेको जानकारी गराउँदै जापानबासी मगर तथा गैर मगर सबैलाई उपस्थितको लागि संघका सह-कोषाध्यक्ष तथा गायक सबीनबाबु मगरले अपिल गर्नु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया