गणेश घिसिङ,जापान । तमु धीँ जापानको आयोजनामा २४औं रोधीं साँझ २०२२ मा अगस्ट २१ तारिख आईतबार टोकियोमा भब्य रुपमा मनाउने भएको छ । २४औं रोधीं साँझ २०२२ मा अगस्ट २१ तारिख टोकियोमा भब्य रुपमा मनाउन लागेको तमु धीँको महासचिव खेम तमुले जानकारी दिनु भयो ।
२४औं रोधीं साँझ २०२२ मा नेपाली चर्चित गायक मंगोलिय हर्ट राजु लामाको प्रस्तुती हुने भएको छ । तमु धीं जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजना मध्ये रोधीं साँझ एक् कार्यक्रम हो । जनवरीमा ल्होसार साँझ र अगष्टमा रोधीं साँझ हुने गर्दछ, यो वर्षको रोधीं सॉझ सम्पन्न गर्न तमुधी जापानका उपाध्यक्ष चित्र गुरुङको संयोजक रहेको समिति बनाई तयारी थालेको छ ।
कोरोना कहरका कारण २ बर्षयता गर्न नसकेको रोधीं साँझ तताउनलाई नेपालको द भ्वाईस अफ नेपाल सिजनका कोच, भर्खरै विश्वको सर्वच्व शिखर सगरमाथा आरोहण गरि फर्किएका नेपाली गीत संगितमा प्रख्यात नाम मंगोलियन हर्टका भोकलिष्ट राजु लामा सहभागि हुने संयोजक चित्र गुरुङले बताउनु भयो ।
लामासँगै जापानमा लोकप्रिय व्याण्ड “द मर्करी व्याण्ड” ले दर्शकलाई झुमाउने भएको छ । गुरुङ जातिमा साँस्कृतिक चार्डको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति संरक्षण गर्न सहयोगि हुने भन्दै प्रत्येक वर्ष आयोजना गरिने तमु धीं जापानको अध्यक्ष रमेश कुमार गुरुङले जानकारी गराउनु भयो ।
सिन्जुकु खाबुकीच्योमा हुन गईरहेको जापानवासी तमुहरुको ऐतिहासिक कार्यक्रम भएकोले सो दिनमा सम्पूर्ण तमु एवं गैर तमुहरुमा गरिमामय उपस्थितिकोलागि तमु धींले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया