फेमिली मार्टमा काम गर्ने एक नेपाली युवा जापान प्रहरीबाट सम्मानित

निकेश श्रेष्ठ, जापान । जापानको मिए केनको चु स्थित एक फेमिली मार्टमा काम गर्ने एक नेपाली युवा जापान प्रहरीबाट सम्मानित भएका छन् । ५ वर्षदेखि जापानको फेमिली मार्टमा तेन्चो म्यानेजर को रुपमा काम गर्दै आएका पेमा तामाङलाई फेमिली मार्टमा आएका एक ग्राहकलाई ठगिनबाट जोगिन मदत गरेकाले कदर पत्र सहित सम्मान गरेका हुन् ।

केहि दिन अघि तामाङले काम गर्ने फेमिली मार्टमा विधुतिय गिफ्ट भौचर गूगल पे किन्न आएका ६५ वर्षीय वृद्धलाई ठगिनबाट जोगाएका थियो । उक्त वृद्धको आफ्नो ल्यापटपमा भाईरस रहेकाले त्यसलाई मर्मत गर्न चाहन्थे ।
मर्मत गर्नको लागि ९ १० मान जति लाग्छ भनेर फोनमा म्यासेज आएको र उक्त रकम गूगल पे बाट अघ्रिम भुक्तानी गर्न भनेका थिए । गूगल पे जस्ता अन्य विधुतिय गिफ्टहरुबारे खासै जानकारी नभएको र यसको प्रयोग कसरि गर्ने भन्ने भनेर उक्त वृद्धले तामाङलाई सोधेका थिए । त्यसपछि तामाङले शंका लागेर प्रहरीलाई खबर गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया