निकेश श्रेष्ठ, जापान । लामो समय देखि जापानमा अन्तर्राष्ट्रिय अधिबक्ताको रुपमा काम गर्दै आउनु भएको डा बलराम श्रेष्ठ जापान स्थित जापान नेपाल चेम्बर अफ कमर्स को अध्यक्ष मा चयन हुनु भएको छ ।
नेपाल र जापान दुई देश बिचको आर्थिक अवस्था व्यापार ब्यबसायीलाई बिकास गर्दै बढी भन्दा बढी जापानिज र जापानिज कम्पनीहरुलाई नेपालमा बैदेशिक लगानी गर्न प्रोत्साहन गर्न तथा नेपालीहरुलाई जापानमा ब्यापार ब्यबसाय गर्न प्रोत्साहन गर्ने मूल उद्धेश्यको साथ बिगत १२ बर्ष देखि ड़ा बलराम श्रेष्ठको अग्रसरतामा जापानमा ५० भन्दा बढी जापानिज ब्यबसायि कम्पनिको सहभागितामा जापानमा स्थापना भएको थियो । जापान र नेपालको आर्थिक उन्नतिलाई गतिसिल बनाउनको लागि स्थापना भएको जापान नेपाल चेम्बर अफ कमर्सले जापान र नेपालको चौतर्फी सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्दै आइरहेको छ ❘
चेम्बरको स्थापनाको उद्धेश्य नेपालसंग दौत्य ब्यापार गर्ने जापानिज कम्पनीहरुलाई नेपालको बजार ,ब्यबयाय, कानुन, आयात निर्यात र सहजीकरण तथा इन्फोरमेशन अदान प्रदान गरि बिश्व बजारमा नेपालको उपथितीलाई क्रियासिल गराउने र नेपालको उत्पादनलाई बिदेशमा प्रबर्दन गर्ने कामलाई बिशेष ध्यानमा राखी काम गर्दै आइरहेको छ ।
जापान नेपाल चेम्बर अफ कमर्शको सल्ल्हकारहरुमा प्रधानमत्री किसिदा फुमिओ, भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्री साइतो तेचुओ तथा पार्लियामेन्ट सदस्य हिरगुचि हिरोशी हुनु हुन्छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया