टोकियो । जापानमा दुई नेपाली बालक तामा नदिले डुबेर मृत्यु भएको छ । जुन १९ तारिख हिजो टोकियोमा खोलाले बगाएर १३ वर्ष र १४ वर्षको २ जना नेपाली बच्चा बगाएको र उद्धार गरेर अस्पातल पुर्याउदा मृत्यु भएको हो ।
जापानको राजधानी टोक्योस्थित तामा नदीमा खेल्नेक्रममा आफन्त पर्ने २ नेपालीको मृत्यु भएको महाननगर प्रहरी बिभागले बताएको एनएचकेको अनलाईन संस्कारमा समाचार छ ।
जुन १९ तारिख दिउँसो ४:१० बजे टोक्योको हिनो सिटीको तामा नदीले बगाएर उद्धार गर्ने क्रममा ४० मिनेटमैं अचेत अवस्थामा फेला पारि हस्पिटल पूर्याउँदा मृत्यु भएको जनाएको छ ।
परिचय नखुलेको नेपाली २ बालक खोलामा खेल्नेक्रममा पानीले बगाएर मृत्यु भएको र अर्का ९ बर्षिय बालक पनि खोलामा खेलिरहेको थियो उनी भने सकुसल रहेको महानगर प्रहरीले जनाएको समाचारमा उल्लेख छ ।
जापानमा गर्मी बढेसंगै स्कुल बिदाको दिन खोलामा परिवारसहित पौडी खेल्न गएका बेला पौडिन नसकेर मृत्यु भएको थियो ।
जुन महिनामा मात्र यी २ जनासहित ६ जना नेपाली जापानबाटै बिदा भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया