जापान । नेपाल सरकारका पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा सत्तारुढ दलका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्ड ५ दिने भ्रमणको लागि अगस्ट ६ तारिख जापान आउने भएका छन ।
नेपाल र जापान सरकार बिचको दौत्य सम्बन्धलाई प्रगाढ पारी नेपालमा वैदेशिक लगानीको वातावरण सृजना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि आवश्यक पहल गर्ने उद्देश्यका साथ सो भ्रमण हुन लागेको नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।
जापानमा रहेका नेपाली समुदायको वर्तमान अवस्थाको बारेमा नजिकबाट जानकारी लिनका लागि नेपाली जनप्रगतिशील मञ्च जापानले आयोजना गर्ने “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयक अन्तरक्रियात्मक कार्यक्रममा मुख्य वक्ताको रूपमा पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका एक प्रमुख नेता प्रचण्डले सहभागिता जनाउने मञ्चका महासचिव बाबुराम पौडेलले जनाए ।
उनका अनुसार अगस्ट ७ तारिख टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५:३० बजेदेखि हुने सो अन्तरक्रिया कार्यक्रमसहित नेपाल जापान सम्बन्धमा टेवा पुर्याउने उदेश्यले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरि द्वीपक्षीय सम्बन्धका विषयमा छलफल हुने पनि बताईएको छ ।
४ सदस्यीय भ्रमण दलसहित जापानमा आउन लागेका प्रचण्डले जापानका विभिन्न एतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गरिने बताईएको छ । अगस्ट ७ तारिख हुने कार्यक्रम JR sobu line Kameido eki (north exit) Left side just 1 मिनेटको दुरीमा रहेको जनाईएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया