प्रवासी नेपाली मञ्च जापान कान्तोको अधिवेशन एमाले प्रमुख सचेतक भट्टराईले उद्घाटन गर्ने

जापान । प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले अगष्ट ७ तारिख भोली पॅाचौ अधिवेशन टोक्योको कामतामा २ बजेबाट हुने भएको छ । प्रवासी नेपाली मञ्च जापान कान्तो क्षेत्रीय कमिटिले अगष्ट ७ तारिख पॅाचौ अधिवेसन आयोजना गर्ने निर्णय गरेको हो ।

कार्यसमितिको बैठकले बर्तमान कार्यसमितिलाई अध्यक्ष बुद्धि राज घिमिरे अध्यक्षतामा सचिव मनोज श्रेष्ठ नै रहने गरी अधिवेसन आयोजक कमिटिमा रुपान्तरण गरेको छ ।
प्रवासी नेपाली मञ्च जापानले आफ्ना मातहतमा रहेका क्षेत्रिय कमिटिहरुको अधिवेसन सम्पन्न गर्दै नयाँ नेतृत्व पाई सकेको बताएको छ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा प्रतिनिधी सभा सदस्य विशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया