मन्थलीको नगर खेलकुद विकास समिति अध्यक्षमा माझी र युवा परिषद् उपाध्यक्षमा भट्टराई नियुक्त

मन्थली : रामेछापको मन्थली नगरपालिकाले पालिका स्तरीय खेलकुद विकास समिति र युवा परिषद् गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले नगरपालिका स्तरीय खेलकुद विकास समितिको अध्यक्षमा गोपाल माझीलाई नियुक्त गरेको छ । समितिको उपाध्यक्षमा वासुदेव फुयाँल र सदस्यहरूमा वडा नं २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की र कार्यपालिका सदस्य मुना कार्कीलाई मनोनित गरिएको छ ।

खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका गोपाल माझी मन्थली नगरपालिका वडा नम्बर ६ का निवर्तमान वडाध्यक्ष पनि हुन् ।

बैठकले नगर युवा परिषद्को उपाध्यक्षमा पुष्कर भट्टराईलाई मनोनित गरेको छ । भट्टराई अनेरास्ववियू रामेछापको जिल्ला सचिव पनि हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया