जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको लामो विवाद टुंगिएको छ । मंगलबार टोक्योमा दुई पक्षबीच वार्ता बसेर सहमति गराएको हो ।
एनआरएनए आइसीसीका पूर्वअध्यक्ष भवन भट्टको अगुवाईमा बसेको वार्ताले शिवप्रसाद पौडेललाई अध्यक्षमा अनुमोदन गरेको छ भने अनिता गुरुङलाई संरक्षकमा मनोनित गरेको छ ।
वार्तामा एनआरएनए आइसीसी पूर्वअध्यक्ष भवन भट्ट, एनआरएनए आइसीसी उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ, एसिया प्यसिफिक संयोजक डिपी कँडेल, उप-संयोजक ददिवल खड्का, शिबप्रसाद पौडेल, बलराम श्रेष्ठ, अनिता गुरुङ, सिद्धार्थ श्रेष्ठ, सरोज खत्री, सालिकराम भण्डारी, बुद्धीराज घिमिरे, बिजय थकाली लगाएत पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सचिब शान्त पहरीको रोबरमा सहमति भएको छ ।
गत २०२१ जुलाई ३० मा भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद रहेको थियो । आजको वार्ताले जुलाई २९ तारिखमा फर्केर सहमति गरेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया