प्रेम गीत ३ को सेप्टेम्वर २५ तारिख जापानको योकोहामामा प्रदर्शन हुने

जापान । बहुचर्चित नेपाली चलचित्र ‘प्रेम गीत ३’ योकोहामा शो सेप्टेम्वर २५ मा हुने भएको छ । बहुचर्चित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ को सेप्टेम्वर २४ तारिख जापानको योकोहामा शो हुने भएको छ । चलचित्र ‘प्रेम गीत ३’ योकोहामा प्रदर्शन सेप्टेम्वर २५ तारिख हुने हाऊगुजी हबका सुरेश केसीले जानकारी दिनुभयो ।

‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भई अधिकतम चर्चामा आएको प्रेम गीत ३ जापानको २१ शहरमा रिलिज हुने फिक्स भएको हो । निर्माता सन्तोष सेन र स्व. छेतन गुरुङको निर्देशनमा रहेको यस चलचित्र कोरोना महामारीको कारण रिलिज हुन सकेको थिएन ।
यस चलचित्र सम्भवत नेपालकै पहिलो चलचित्र हुन सक्छ जुन हिन्दी भाषामा पनि डब भई नेपाल र भारतमा सँगसँगै रिलिज हुदै छ। चलचित्रको हिन्दी संस्करण नाम भने “विश्वजितम” राखिएको छ ।
चलचित्र प्रेम गीत ३ आउँदो सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएतापनि जापानमा भने सेप्टेम्बर २४ बाट मात्र प्रदर्शनींमा आउने जापानका लागी अफिसियल विक्रेता सेभेन सामुराई ईन्टरनेशनल कम्पनीका प्रबन्धक रेशमकुमार डंगोलले जानकारी दिनुभयो।

अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएको कारण तेस्रो सिक्वेल निर्माण भएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया