स्याङ्जा समाज जापानले ३ ठाउँमा विविक्यू गर्दै, टोकियोमा जुन ११ मा गर्ने

जापान । स्याङ्जा समाज जापानले ३ ठाउँमा विविक्यू गर्ने भएको छ ।
मनोरंजन र खानपिन सहित टोकियोमा जुन ११ तारिख विविक्यू गर्न लागेको हो ।
स्याङ्जा जिल्लाबाट जापानमा बस्दै आएका स्याङजालीहरुले सम्पुर्ण जापानबासी नेपालीहरुलाई समेटिने गरी तीन ठाउँमा फरक समय पारेर विविक्यूको आयोजना गर्न लागेको हो । नेपालीहरु एकापसमा मिलेर भाईचारा सम्बन्ध स्थापित गराउन विविक्यू अर्थात् पिकनिक कार्यक्रम आयोजना गर्न लागिएको स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङले जानकारी दिनुभयो।

आपतकालिन राहत कोषको स्थापना गर्ने लक्ष्यका साथ बिगत बर्षहरुमा जस्तै यस वर्षपनि जापानको विभिन्न ठाउँहरुमा समर विविक्यू पार्टी आयोजना गर्न लागिएको समाजका उपाध्यक्ष समेत रहेका टोकियो कार्यक्रम संयोजक मनोज अधिकारीले बताएका छन्।
जापानमा अध्ययन एवं काममा व्यस्त रहेका नेपालीहरुले संस्थागत रुपमाा यस्ता कार्यक्रम गरेर आफ्नो व्यस्त दैनिकीलाई सामान्ययीकरण गरि एकअर्कामा भाईचारा कायम राख्न विविक्यू आयोजना गरिएको अध्यक्ष गुरुङले बताउनु भयो ।
समाजले नागोया में २७ शनिबार दिन आराकोगावा पार्कमा दिउँसो १२ देखी ५ बजे सम्म गर्ने भएको छ ।
त्यस्तै सिजुओका जुन ११ आईतबाः आवेकावा पार्कमा विहान १० बजेदेखि ४ बजे सम्म हुने र टोकियो पनी जुन ११ आईतबार कोगानेई पार्कमा विहान १० बजेदेखि ४ बजे सम्म हुने जनाएको छ ।
कार्यक्रम खानपिनको लागि मात्र नभई बिदेशमा कामको थकान कम गर्न तथा नेपाली नेपाली बिचको सम्बन्ध प्रगाढ बनाउन कार्यक्रम आयोजना गरिएको स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देलको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया