जापान । गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा आगामी कार्यकाल २०२३-०२५ को लागि शिवप्रसाद पौडेलले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ।
एनआरएनए जापानका निवर्तमान अध्यक्ष पौडेलले एसिया प्यासिफिक संयोजक आरसी पदको लागि जापानबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
जापानको राजधानी टोक्योस्थित मिनी नेपालले चिनिने शिनओकूबोमा नेपालीको पहिलो रियल स्टे ग्लोबल होमनेट वर्क कम्पनी संचालन गरि ब्यवसायी गरिरहेका पौडेलले एनआरएनए जापानभित्र संस्थागत बिवादका बीच देखिएको फुटका बिच २ बर्षे कार्यकाललाई सफल रुपमा सम्पन्न गरेका थिए ।
आगामी २०२३(२०२५ कार्यकालका लागि एनआरएनए एसिया संयोजकमा उम्मेदवारी दिन लागेको पौडेलले बताउनु भयो। कोभिड, संस्थागत बिबाद लगाएटी बिसम परिस्थितिमा एनआरएनए जापानलाई सफल रुपमा अवतरण गराएर नेतृत्व हस्तान्तरण गराएकोमा सबैबाट प्रसंसा पाएका पौडेल अब फरक क्षेत्रमा फरक भूमिकाका साथ काम गर्ने लक्ष्य र योजनाका साथ आफुले २०२३-२०२५ कार्यकालका लागि एसिया संयोजकमा दाबी रहेको बताउनु भयो ।
एशियाका क्षेत्रका देशहरुसँग मिलेर केहि फरक, नौलो र परिणाममुखि काम गर्ने लक्ष्यका साथ आफुले एनआरएनए एसिया प्याशिफीक संयोजकमा उम्मेदवारी दिन लागेको पौडेलको भनाई छ ।
आफ्नो उम्मेदवारी घोषणासँगै छिट्टै आफ्ना योजना, प्रतिबद्धताहरु सार्वजनिक गर्ने योजनामा रहेको बताउँदै एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलले विगतमा जस्तै आगामी दिनहरुमा पनि जापान सहित एशिया क्षेत्रका सबै देशहरुबाट सहयोग आउने जानकारी दिनुभयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया