एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा जापानबाट दिपक कँडेलको उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
कँडेल एनआरएनए जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई कार्यकाल सदस्य २०१९ २१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल उप संयोजकमा रहेर काम गरिरहनु भएको छ ।

जापानमा क्रियाशील बिहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेत रहेका युवा व्यावसायी कंडेल सामाजीक कार्यमा सक्रिय हुनुहुन्छ । एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आउनु भएको कंडेल सरल र मिजासिलो स्वभावका एनआरएनए अभियन्ताका रुपमा समेत चिनीनुहुन्छ ।

एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता, सबैको अपनत्व भएको प्रविधि मैत्री, दोश्रो पुस्ता समावेश एनआरएनए आजको आवश्यकतालाई कार्यान्वयन गर्नका लागि स्पष्ट योजना र कार्यक्रमसहित उपसंयोजक पदमा उम्मेदवारी दिएको बताउने कंडेलले विगतमा आफुले पाएको जिम्मेवारी सफलता साथ पुरा गरेकोले एसिया प्यासिफिकका डेलिगेट्सहरूले भरोसाका साथ मत दिनेमा विश्वस्त हुनुहुन्छ ।

म एशिया प्यासिफिकको युवा संयोजक हुदा प्रवासी नेपालीको दोस्रो र तेस्रो पुस्तालाई नेपालसंग जोड्ने कड़ीको रूपमा रहेको एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता मेरो संयोजकत्वमा सफलता साथ सम्पन्न गरेको छु, हामीले नयाँ पुस्तालाई नेपाल र नेपाली अनि नेपालीका लागि नेपाली भन्ने नाराको अर्थ तथा एनआरएनएमा नसमेटने यस्ता कार्यक्रमले उत्प्रेरित गर्ने भएकोले यस्तै कार्यक्रमलाई नियमितता दिनका लागि आफ्नो उम्मेदवारी हेको कँठेलको दाबी छ ।

एनआरएनएको मर्म र भावना अनुरुप व्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रति सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने कंडेलले बताउनुभयो ।

संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो क्षमतालाई उपयोग गर्नका लागि एनआरएनएको अभियानमा रहिरहन पदीय जिम्मेवारी आवश्यक भएको भन्दै आफ्नो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरणका लागि भएको कँडेलको भनाई छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया