एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा डा. केसीको प्यानल विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन्।

काठमाडौंको सोल्टी होटलमा सम्पन्न एघारौं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा केसि १३ सय ७८ मत प्राप्त गरेर बिजयी भएको निर्वाचन समितिले जनाएको छ ।

नेपालमा उपस्थित एनआरएनए डेलीगेट्स तथा अनलाइनका माध्यमबाट बुधवार मध्यरात देखी बिहिबाट मध्यरातसम्म भएको मतदानबाट २०२३-२०२५ कार्यकालका लागि निबर्तमान कार्यसमितिका कार्यकारी अध्यक्ष रहेका केसी पुन अध्यक्षमा निर्वाचित भएका हुन ।

केसीका निकटतम प्रतिद्वन्दी राजेन्द्र कुमार शर्मा आरकेले १२ सय ८१ मत पाएका छन् । यसैगरी निवर्तमान कार्यसमितिका उपाध्यक्ष महेश कुमार श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक मत परिणाममा उल्लेख छ ।
अध्यक्ष पदमा उम्मेदवार दिए पनि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर महेश कुमार श्रेष्ठलाई समर्थन गरेकी रविना थापाको नाममा पनि ४७ मत खसेको छ ।

सार्वजनिक मत परिणाममा केसी प्यानलका महासचिव गौरी राज जोशी बिजयी भए । उनले २०३७ मत प्राप्त गरेका छन् । महासचिवका अर्का उम्मेदवार बुद्धिसागर सुवेदीले १८१८ मत पाएको उल्लेख छ ।

यसैगरी कोषाध्यक्षमा सुदन थापा बिजयी भएका छने । थापाले १९१७ मत र उनका प्रतिद्वन्दि ठाकुर प्रशाद ढुंगानाले १७१२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
महासचिवका जोशी र कोषाध्यक्षका थापा दुबै बद्री केसी प्यानलका उम्मेदवार हुन ।

सिस्टम कब्जा गरेको आरोप
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको भेरो सिस्टमबाट गरिएको मतदान प्रकृया सिस्टममै कब्जा जमाएको भन्दै अन्य उम्मेदवारहरुले नतिजामा गम्भिर असहती जनाएका छन ।
अमेरिकाबाट उपाध्यक्षमा उम्मेदवार रहेका डा केशव पौडेलले नेपालमा भएको मतदानबाट शून्य मत पाएको नतिजा सार्वजनिक भएको छ ।
मुख्य पदहरुमा नियोजित रुपमा केसीले आफ्नालाई जिताएको देखिएको अध्यक्षका उम्मेदवारद्वय श्रेष्ठ र शर्माले आरोप लगाएका छन।

फेसबुकबाट तपाइको प्रतिक्रिया