जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनए जापानका उपाध्यक्ष रहेका दुई जना युवा श्रेष्ठ र लामिछानेले आगामी कार्यकाल २०२५-२७ को लागि अध्यक्षको उम्मेदवार आज जुलाई १२ तारीख टोकियोबाट घोषणा गरेका हुन्।
उम्मेदवारी दिने क्रममा श्रेष्ठ र लामिछानेले एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र निर्माण तथा सञ्चालन, संघको पुनसंरचना, स्मार्ट एनआरएनए लगायतका विषयमा जोड दिएका छन्।
संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कामको सुरूआत गर्ने समेत उनीहरूको प्रतिबद्धता पत्रमा उल्लेख गरी बाचन गरेका छन । दूतावास भवन देखी घुमती सेवा, जापान आउने विद्यार्थीहरूका लागि अभिमुखीकरण तालिमका लागि समन्वय गर्ने तथा जापानमा रहेका विद्यार्थीका लागि पर्ने विभिन्न समस्याको समाधानमा पहल गर्ने जापानमा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग, राजदूतावास लगायतसँग सहकार्य गरिने समेत घोषणा गरेका छन ।
नेपालबाट जापान अध्ययन गर्न जाने विद्यार्थीको लागि अनिवार्य रूपमा बीमा गर्न अभिप्रेरित गर्ने गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने दुई जनाकै प्रतिबद्धता छ।
जापानको राजधानी टोकियोको शिनओकूबोमा एकै दिन नेपाली पोशाकमा सजिएर नेपालीहरूको बाक्लो उपस्थितिमा घोषणा सभा गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया